सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

नेफ–ऋत कप फुटबल आइतबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ६ गते, शुक्रबार ०४:३६

उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीको संयुक्त आयोजनामा सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराए ।
प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी डेनमार्कमा जुलाइमा हुने डाना कप यु–१६ फुटबल प्रतियोगितामा सहभागी गराइने नेफका सचिव टंककुमार चापागाईंले बताए । त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको ऋत एकेडेमीले ३० जना उत्कृष्ट खेलाडीलाई ऋतमा प्लस टु अध्ययन गर्न जनही ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने ऋतका संयोजक खेमनाथ पौडेलले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुनेछ ।
पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु चावहिल गणेशथान मैदानमा खेलाइने छ । पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, एनप्याब्सन बागमतीका उपाध्यक्ष डिएन महतो र नेफका सदस्य सुगन्धराज रेग्मीले प्रतियोगिताले प्रतिभावन खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु