दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टीआईए कप बास्केटबल आइतबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ६ गते, शुक्रबार १९:१७

ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर ब्वाइजमा १४ तथा सिनियर गल्र्समा १२ गरी २६ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा टीआईएका प्रधानाध्यापक उत्तमराज थापाले जानकारी गराए । दुवै विधामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
चार वर्षपछि प्रतियोगिता हुन लागेको हो । चार वर्षको अवधिमा कोभिड र विद्यालय हाताको पूर्वाधार स्तरोन्नती गर्नु परेकाले प्रतियोगिता हुन नसकेको प्रधानाध्यापक थापाले बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजककै कोर्टमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु