गोबिन्द राज ओझा (राजन)
सधैँ हामीले आफ्नो कर्तव्यमा लाग्नुपर्छ
हाम्रो जन्मभूमि देवभूमि सबैले चिन्नुपर्छ
निःस्वार्थ मन वचन र कर्मले देशको सेवा गरौँ
विश्वमा शान्ति चाहने देश नेपाल सबैले चिनौँ
देशको लागि यो मेरो जीवन समर्पित गर्छु
देशको लागि आफ्नो कर्तव्यको पालना गर्छु
हिमाल , पहाड देखि तराई सम्म
कर्तव्यमा लागि रहन्छु जीवित रहेसम्म
देशको सेवामा लागिरहूँ परेको बेला ज्यान दिन सक्छु
वीर नेपालीको छोरो हु देश निर्माणमा लागिरहन्छु
घुम्ने गर्छु म गाउँ गाउँ बस्ती बस्तीमा
सुरक्षाको आभास गराउँछु सबैको मनमा
आशीर्वाद दिनु आमा मैले नमन गरे
यो देशको लागि मैले जीवन समर्पण गरे
बाढी, पहिरो, भूकम्प, अन्य विपतमा उद्धारमा खटिन्छु
जन धनको सुरक्षाको लागि निरन्तर खटिरहन्छु
मनैबाट देशको सेवा गर्ने भावना बोकेको छु
आफ्नो कर्ममा विश्वास गर्छु निरन्तर आफ्नो कर्म गर्छु
सधैँ हामीले आफ्नो कर्तव्यमा लाग्नुपर्छ
हाम्रो जन्मभूमि देवभूमि सबैले चिन्नुपर्छ