ओडिसीको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ९ गते, सोमबार ०६:२८

ओडिसी इन्टरनेसनल एकेडेमीले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा ओडिसीले ओएसिसलाई ३–१ गोलले पराजित ग¥यो ।
चावहिल गणेशथान मैदानमा भइरहेको प्रतियोगितामा इलियम मेमोरियलले पारामाउन्टलाई ४–२, लिटिल क्लाइम्बरले गणेश हिमाललाई ३–१, सेक्रेड हार्टले तिलिङटारलाई ४–२ र लुम्बिनीले कान्तिपुरलाई २–१ ले हराए । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले अपी स्कुलबाट वाकओभर पायो ।
प्रतियोगिताको हिसानका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सिक्स ए साइड स्वरुपको नकआउट प्रतियोगितामा ६४ टिम सहभागी छन् । प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी डेनमार्कमा जुलाइमा हुने डाना कप यु–१६ फुटबल प्रतियोगितामा सहभागी गराइने छ । त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको ऋत एकेडेमीले ३० जना उत्कृष्ट खेलाडीलाई प्लस टु अध्ययन गर्न जनही ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु