उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

डिपि अधिकारीलाई भारतमा अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ९ गते, सोमबार ०६:४०

सीतल आचार्य – नयाँ दिल्ली

भारतको नयाँ दिल्लीमा हालै आयोजना भएको अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट उपस्थित विशिष्ट व्यक्तित्वहरूमाझ नेपालका डेक प्रशाद अधिकारी “गोपाल” लाई ‘अन्तर्राष्ट्रिय अभिमान पुरस्कार” बाट सम्मान गरेको छ । कार्यक्रममा एसियाका विभिन्न देशका ३० भन्दा बढी व्यक्तित्वहरू बिभिन्न उपाधिबाट सम्मानित भएका थिए । दिल्लीको मण्डी हाउस स्थित अडियोटोरियलको हलमा आयोजित कार्यक्रममा भारतीय विधायक, राजनिति दलका नेता बिशिष्ठ कलाकारहरुको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

१५ वर्षभन्दा लामो समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वका कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै आएका अधिकारी बिभिन्न संघ संस्थामा आबद्ध छन। उनी कला र संस्कृतिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा पनि उच्च पदमा रही काम गर्दै आएका छन् । अधीकारीले विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धनमा पुर्याएको योगदान स्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।

सम्मानित अधिकारी भन्छन्– ‘पुरस्कारले मलाई अझ जिम्मेवारी थपेको बोध गराएको छ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पटक पटक सम्मानित भएका छन अधिकारी।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु