बृहस्पति विद्या सदनले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।
चावहिल गणेशथान मैदानमा बृहस्पतिले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ४–० गोलले पराजित ग¥यो । बृहस्पतिका गोरक्ष सुवेदी, आयुश पौडेल, सौरव महर्जन र एलेक्स डंगोलले गोल गरे ।
उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको अन्य प्रतिस्पर्धामा मनकामना, ज्ञानचक्छु, पिस प्वाइन्ट, विनायक र प्रारम्भ विजयी भए ।
मनकामनाले फ्युजन एकेडेमी ‘ए’ लाई ४–१ गोलले हरायो । मनकामनाका सनिल मगरले २ तथा मानव लामा र कृष्ण मोक्तानले १–१ गोल गरे । फ्युजन ‘ए’ का सविन तामाङले सान्त्वना गोल गरे । ज्ञानचक्छुले अनमोल ज्योतिलाई ३–२ गोलले पाखा लगायो । विजेताका रोहितले २ तथा मन्दिप आले मगरले १ गोल गरे । अनमोलका अनिश जिरेल र अनिश कार्कीले समान १–१ गोल फर्काए ।
पिस प्वाइन्टले पशुपतिलाई ४–० गोलले पन्छायो । पिस प्वाइन्टका प्रज्ञान राई, राहुलकुमार योञ्जन, रामबहादुर बुढाथोकी र विशेष थिङले समान १–१ गोल गरे । विनायकले फ्युजन एकेडेमी ‘बी’ लाई ३–० गोलले पराजित ग¥यो । विनायकका सविन राईले २ तथा दिप्सन श्रेष्ठले १ गोल गरे । प्रारम्भले एक्सेलमाथि ४–० को सहज जित दर्ता ग¥यो । विजयी टिमका लागि रुपेश खड्काले ३ तथा अजय कार्कीले १ गोल गरे ।