धादिङ जेसिजको ११ औं शाखा अधिवेशनबाट धिमालको नेतृत्वमा नयाँ कार्यसमिति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १० गते, मंगलवार ०९:४१

काठमाडौं । धादिङ जेसिजको ११ औं शाखा अधिवेशनबाट प्रविण धिमालको नेतृत्वमा बर्ष २०२४ को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। धुनिवेशी-६, गौचरण स्थित ओरेन्ज एग्रो रिसोर्टमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा धिमाल सहित कार्यकारी उपाध्यक्षहरुमा राजेश भट्टराई र अजय आचार्य तथा उपाध्यक्षहरुमा नवराज नेपाल, दिपेश बिडारी, निरज लामिछाने र प्रकाश अधिकारी निर्वाचित भएका छन् ।

यस्तै नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा श्याम उप्रेती, महासचिबमा अर्बिन रुपाखेती र कोषाध्यक्षमा अजित यादवलाई मनोनयन गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु