गोबिन्द राज ओझा
तिमि हाँस्दा मेरो मुस्कानमा खुसी आउँछ
दुःख पछि सुखका दिनहरू जिन्दगीमा आउँछ
सुखका दिनहरू सधैँ सँगै बिताउला
सयौँ जुनी सधैँ साथमा बसौला
तिमि मेरो भाग्यमा छौ त्यसैले आसा गर्छु
बाचुन्जेल यहाँ तिमिलाई साथ दिनेछु
सधैँ हाँसेर बाच्नु है मनमा खुसी लिएर
साथ छोड्ने छैन मैले बस्ने छु सधैँ साथमा रहेर
तिमि सँग ठट्टा गर्ने बानी नै भइसक्यो
सधैँ मन खुसी राख्न साथमा रहनुपर्यो
तिमि आइदेऊ मेरो जीवनको ज्योति बनेर
अरू केही चाहिँदैन बसौँ सधैँ साथमा रहेर