भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

मिसन ८४ हैन, मिसन रोजगारी, सुशासन, सामाजिक न्याय हुनुपर्छ :पुर्व अर्थमन्त्री शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ११ गते, बुधबार १३:२२

११,पुस काठमाडौं। जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ३२ को पाँचौ सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै शर्माले मिसन ८४ नभएर मिसन रोजगारी, मिसन सुशासन, मिसन सामाजिक न्याय हुनुपर्ने बताएका छन् ।

उनले जनतासँग माओवादी रूपान्तरण सशक्त ढङ्गले अघि बढिरहेको बताएका छन् । यो अभियानबाट निरन्तर जनतासँगको एकता, सहकार्यलाई निरन्तरता दिँदै पार्टी अघि बढिरहेको उल्लेख गरे । नेता शर्माले बागमती प्रदेशका तमाम समस्याप्रति सरकारको ध्यानाकर्षण गरेको पनि जानकारी गराए ।

उनले देशमा सङ्घीयता, समावेशी, समानुपातिक प्रणालीको एजेन्डा माओवादीले अघि बढाएर त्यसमा सफलता पाए पनि त्यसको स्वामित्व लिन माओवादी पछि परिरहेको जनताले बताइरहेको उल्लेख गरे । किसान, सबै क्षेत्रमा काम गर्ने जनताहरूले सबै क्षेत्रमा माओवादीका नेताहरू पुगेर त्यहाँका समस्याहरू समाधानका लागि अग्रसर हुन आग्रह भइरहेको उनले बताए ।

शर्माले भने– ‘हामीले ठुलो त्याग र बलिदानबाट रोपेको सङ्घीय गणतन्त्रको बिउबाट माओवादी आन्दोलनबाट जुन भूमिका निर्वाह भएको थियो, त्यो आन्दोलनलाई आज विकास गर्नुपर्ने आवश्यकता छ । हिजो रोपेको खेतीमा पर्याप्त समय दिन नसक्दा जनतामा देखिएको असन्तुष्टि माओवादी रूपान्तरण अभियानबाट त्यसमा मल जल गर्नुपर्छ भन्ने जनताको दृष्टिकोण छ ।’

जनताले सुकुम्वासी अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न, रोजगारीको वातावरण बनाउन आग्रह गरेको बताउँदै सरकारले यसका लागि काम गर्ने आफूले विश्वास गरेको उनले बताए ।

काठमाडौँ सांस्कृतिक सहरलाई संरक्षण गर्न तिमीहरूको ध्यान पुगेन भनेर नेवार समुदायले भनेको बताउँदै यो अभियानबाट जनताको चाहना के छ भनेर थाहा पाइरहेको बताए । नेवार, तामाङ, मगर समुदायले आज तिमीहरू कहाँ हरायौ भनेर प्रश्न गरिरहेको बताउँदै उनले जनतासँग माओवादी रूपान्तरण सशक्त ढङ्गले अघि बढिरहेको उल्लेख गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु झक्कु सुवेदी, शशि श्रेष्ठ, देव चौलागाईं, पवन कार्की लगायतले सम्बोधन गरेका थिए । वडा सम्मेलनबाट रामसुन्दर श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु