
जिम्न्याष्टिक खेलाडी परिधि कक्षपतिलाई आफू अध्ययरत दीप मावि, भोटेवहालले सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको प्रथम जिम्न्याष्टिक प्रतियोगितामा पदक जितेकोमा परिधिलाई स्कुलले सम्मान गरेको हो । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा परिधिले रजत जितेकी थिइन् ।


