भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

निम्स र बीएनए सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १२ गते, बिहीबार १८:२८

काठमाडौं, पुस १२ गते ।निम्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
निम्सले एचएचसीएलाई २०–१४ ले पराजित ग¥यो । निम्सकी टीना लिम्बूले १० अंक योगदान गरिन् । स्मृति खत्रीको १३ अंक सहयोगमा बीएनएले ग्रिनल्यान्डलाई १७–१५ ले हरायो ।
सिनियर गल्र्समै एनसीसीएसले हिमरश्मिलाई २३–१४ तथा भ्याली पब्लिकले आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई २६–६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एनसीसीएसकी दिभा महर्जन र भ्याली पब्लिककी लोरिशा गौचनले समान १३–१३ स्कोर गरे । सेमिफाइनलमा भ्याली पब्लिकको भेट बीएनएसंग हुनेछ भने निम्सले एनसीसीएस विरुद्ध खेल्ने छ ।
सिनियर ब्वाइजमा निम्सले जेनिथलाई ४४–४१, ग्रिनल्यान्डले टीआईएलाई ५५–२७, भ्याली पब्लिकले बीएमसीएलाई ३१–२० र एचएचसीएले विल्सन एकेडेमीलाई ४३–२८ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे । निम्सका सुवास लामिछानेले २०, ग्रिनल्यान्डका प्रवीण गुरुङले २४, भ्याली पब्लिकका सुनिल पौडेलले ७ र एचएचसीएका डेविड राईले १६ स्कोर गरे । सेमिफाइनलमा एचएचसीएले निम्स तथा भ्याली पब्लिकले ग्रिनल्यान्ड विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु