दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जाउलाखेलमा च्याउ मेला – एनसी ब्राण्डको ‘किङ्ग ओइस्टर आकर्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १५ गते, आईतवार १८:३०

ललितपुर – ललितपुरको जावलाखेल यूथ क्लब खेल मैदानमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव आयोजना गरिएको छ।

आइतबार च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए। मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेकोे थियोे ।

च्याउ मेला तथा परिकार महोत्सवमा आगन्तुकको आकर्षण रोजाइ औषधिको गुण रहेको एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिको उत्पादन राजा च्याउ अर्थात किङ्ग ओइस्टर रहेकोे थियोे ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कच्चा पदार्थवाट उत्पादन गरिएको लामो समय सम्म भण्डारण गर्न सकिने पुर्ण रूपमा अर्गानिक यसको उपयोगले शरीरको प्रतीरक्षा प्रणालीलाई बलियो बनाउन पनि उत्तिकै मद्घत गर्छ । एन्टी भाइरल र एन्टी माइक्रोवियल तत्व प्राप्त गर्न,मधुमेह ,मुटु तथा निश्चित ट्युमर विरामीहरुको लागी अति उत्तम हुनुका साथै यसको उपयोगले मोटोपन घटाउन पनि सहयोग गर्छ ।

कम्पनीका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपानेको अनुसार राजा च्याउ अर्थात किङ्ग ओइस्टर मकै, चोकर, गहुँको पिठो, पिना लगायतका कच्चा पदार्थ प्रयोग गरी यो च्याउ तयार गरिन्छ ।

नेपालमा सधै ताजा च्याउ उपलब्ध होस भन्नका लागि यो च्याउ भित्र्याएका हौँ उनले भने नेपालमा बाह्रमास च्याउ उत्पादन गर्न समस्या नै छ । जसका लागि माग अनुसार पूर्ति भएको छैन । ‘आयात गरि च्याउ उपभोग गर्नुपर्ने बाध्यता छ, सो बाध्यतालाई कम गर्न र नेपालमा सधै ताजा च्याउ उपलब्ध गराउनका लागि यो च्याउ भित्र्याएका हौँ न्यौपानेले भने।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु