तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पिस प्वाइन्टलाई नेफ–ऋत कप जुनियर फुटबल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १६ गते, सोमबार १८:४१

काठमाडौं, पुस १६ गते । पिस प्वाइन्टले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
चावहिल गणेशथान मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले न्यु एरालाई ५–२ गोलले पराजित ग¥यो । पिस प्वाइन्टका राहुलकुमार योञ्जन र विशेष थिङले समान २–२ तथा रामबहादुर बुढाथोकीले १ गोल गरे । न्यु एराबाट दुवै गोल पेम्बा तामाङले फर्काए । राहुल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
लुम्बिनी एकेडेमीले तेश्रो स्थानमा चित्त बुझाए । लुम्बिनीले बोर्न स्काइलार्कलाई २–० ले हरायो । लुम्बिनीको जितमा दुवै गोल आसिप नेपालीले गरे । आसिपनै ‘म्यान अफ द म्याच’ चुनिए ।
उत्तरभेगीय शैक्षिक मञ्च र ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी बने । न्यु एराकै साइन्टिस्ट राई उदीयमान खेलाडी ठहरिए । गोलरक्षकमा पिस प्वाइन्टका निराजन देउवा, डिफेन्समा पिस प्वाइन्टका महेश राई तथा स्ट्राइकरमा पिस प्वाइन्टकै राहुलकुमार योञ्जन उत्कृष्ट भए ।
विजेतालाई प्याब्सनका केद्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, नेफका अध्यक्ष नारायण रोका, सचिव टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस ८ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ६४ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु