काठमाडौं, १७ पौष । बरिष्ठ इञ्जिनियर रतनबहादुर ऐर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा नियुक्त हुनुभएको छ ।
ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतको मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई सोमबार नियुक्ति गरिएको हो । नेपाल विद्युत प्राधिकरणले सोमबारकै सञ्चालक समितिको बैठकमा उहाँलाई सहभागी गराएको छ ।
सोमबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लोडसेडिड.को समयमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा लिएका उद्योगहरुलाई सो वापतको प्रिमियर शुल्कको बक्यौता भुक्तानी अधिकतम् ६० किस्तामा गर्न सकिने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले ऊर्जामन्त्री बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.लाई उद्योगीहरुलाई लाइन नकाटीकन सहज ढंगले बक्यौता रकम भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएपछि त्यसलाई ध्यानमा राखेर प्राधिकरणले ६० किस्तामा बुझाउन सकिने सहुलियत दिएको हो । यो सहुलियत पाएपछि हिमाल आइरन एण्ड स्टील इन्ड्रष्ट्रिले पहिलो किस्ता बुझाएको छ । किस्ता भुक्तानीसंगै प्राधिकरणले हिमाल आइरनको काटिएको विद्युत लाईन जोडेर विद्युत आपूर्ति सुचारु गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकले १० हजार ८ सय मेगावाट क्षमता पहिचान भएको कर्णाली चिसापानी आयोजनालाई अगाडि बढाउन डिपीआर, इआईए लगायतका काम गर्न प्राधिकरणको इञ्जिनियरिड. विभागलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
नेपाल विद्युत प्राधिकरणमा २९ वर्ष ८ महिना २५ दिन काम गरेर अवकाश लिनुभएका वरिष्ठ इञ्जिनयर ऐरले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हालिसक्नुभएको छ ।
झण्डै पौने ३० बर्षको आफ्नो व्यवसायिक जीवनमा इञ्जिनियर ऐरले विद्युत प्राधिकरणका जलविद्युत उत्पादन, प्रशारण र वितरण तिनै क्षेत्रमा काम गर्नुभएको थियो । उहाँले सुदूरपश्चिमको गौरवको रुपमा हेरिने चमेलिया जलविद्युत आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । सो आयोजनाको सर्वेक्षण, डिजाइन, टेण्डर कागजात तयारी, पहुँच सडकको निर्माण सुपरीवेक्षण, आरसीसी र स्टील पुलहरुको निर्माण र सुपरीवेक्षण तथा बाँध,पावर हाउस र प्रशारण लाइनको निर्माणमा उहाँ सम्पूर्ण रुपले सक्रिय रहनुभएको थियो ।
उहाँले खिम्ती भक्तपुर बालाजु १३२ केभी प्रशारण लाइन निर्माणमा प्रशारण लाइन मार्गको विस्तृत सर्वेक्षण, टेण्डर कागजात तयारी,सरोकारवाला निकायसंग समन्वय गरेर आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका पनि निर्वाह गर्नुभएको थियो ।
वरिष्ठ इञ्जिनियर ऐरले अत्तरियादेखि डँडेल्धुरासम्मको १०६ किमि लामो ६६ केभी प्रशारण लाइनको विस्तृत सर्वेक्षण, टेण्डर कागजात तयारी र प्रशारण आयोजनामा टावरको स्थापना र जडानका साथै तार टाँग्ने काम सम्पन्न गराउनुका साथै डँडेल्धुरामा १.५ एमभीए ३३ /११ केभी र दिपायलमा ३ केभीए ३३ / ११ केभी क्षमताका सबस्टेशनको सिभिल, इलेक्ट्रिकल र मेकानिकल कामहरु आफ्नै नेतृत्वमा सम्पन्न गराई आयोजना सुसम्पन्न गराउनुभएको थियो ।
उहाँकै नेतृत्वमा सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा ग्रामीण विद्युतीकरण सम्पन्न भएको थियो । सो आयोजनामा पनि सर्वेक्षण,डिजाइन,टेण्डर कागजात तयारी,मूल्यांकन,नेगोसिएसन,निर्माणको व्यवस्थापन र सुपरीवेक्षण जस्ता इञ्जिनियरिड.का पक्षहरु उहाँले हेर्नुभएको थियो ।
उहाँले भवन,आवास र शहरी विकास डिभिजनको सदस्य सचिवको रुपमा महेन्द्रनगर नगर विकास समिति र बेलौरी नगर विकास समितिका सम्पूर्ण इञ्जिनियरिड.सम्बन्धी काम गर्नुभएको थियो । त्यस अगाडि भवन,आवास तथा शहरी विकास विभागको सहायक इञ्जिनियर तथा का.मु. डिभिजनल इञ्जिनियर रहनुभएका ऐरले सदस्य सचिवको रुपमा टीकापुर,धनगढी र अत्तरिया नगर विकास समितिका सम्पूर्ण इञ्जिनियरिड. कामहरु हेर्नुभएको थियो ।
उहाँले त्यसपहिले जिल्ला विकास समिति कञ्चनपुर र महाकाली सिंचाई आयोजनामा पनि काम गर्नु भएको थियो ।
सन १९९५ डिसेम्बरदेखि सन १९९७ मार्च सम्म र सन् २००१ जनवरीदेखि सेप्टेम्बरसम्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहनुभएका ई. ऐरले प्रधानमन्त्रीलाई देशको पूर्वाधार विकास, इञ्जिनियरिड. र प्राविधिक विषयमा सुझाव र सल्लाह दिने गर्नुभएको थियो ।
खार्खोभ नेशनल अटोमोवाइल एण्ड हाइवे युनिभर्सिटी खार्खोभ युक्रेनबाट हाइवे इञ्जिनियरिड.मा स्नातकोत्तर गर्नुभएका ई.ऐरले आफ्नो सेवा अवधिमा विभिन्न मुलुकहरुको भ्रमण पनि गर्नुभएको छ र दर्जनौ तालिमहरु पनि लिनुभएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेर नीति निर्माण र कार्यान्वयनमा नै महत्वपूर्ण भूमिका खेलिसक्नुभएका अनुभवी व्यक्तित्व ई. ऐरको नियुक्तिले नेपाल विद्युत प्राधिकरणमा अब विवेकपूर्ण निर्णय हुने र प्राधिकरणले थालेका आयोजनाहरु समयमा नै पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।