यसरी बनाउनुस् स्वादिष्ट किङ्ग ओइस्टर अर्थात राजा च्याउको पकाैडा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १८ गते, बुधबार १२:१०

विश्व बजारमा मात्र नभएर नेपाली बजारमा समेत च्याउको बजार माग राम्रो रहदै आएको छ । उपभोग गर्नेहरुको कुनै कमी देखिदैैन् । तर स्वाद र पोषणको विषयमा सबै जानकार भने छैनन् । पोषणको मात्रा बढि भएको ‘किङ्ग ओइस्टर च्याउ’ नेपालमा बिक्री हुने च्याउ मध्यकोे एक हो ।

औषधिको गुण रहेको यस च्याउलाई राजा च्याउ अर्थात किङ्ग ओइस्टरको नामले पनि चिनिन्छ । किङ्ग ओइस्टरको स्वादिलाे पकाैडा बनाउने तरिका र चाहिने सामग्रीबारे चर्चा गर्नेछौँ ।


पकाउने विधि

राजा च्याउलाई राम्रोसँग पानीमा धुने सानो आकारमा काट्ने टुक्रा जुन आकारमा काट्‌दा पनि हुन्छ। तयार पारिएको राजा च्याउको टुक्रालाई सफा भाडोमा राखने

एउटा भाँडामा बेसन,मरिचको पाउडर,अदुवा लसुनको पेस्ट, हरियो खुर्सानी,ज्वानो,स्वाद अनुसार नुन,बेसार,आवश्यकता अनुसार पानी राखेर मिक्स गरि घोल बनाउने।घोलमा अघि तयार पारिएको राजा च्याउको टुक्रालाई मज्जाले मोल्ने ।

कराइमा तेल राखेर चुलोमा तताउन राख्ने।तेल तातिसकेपछि त्यसमा घोलमा राखिएको राजा च्याउको टुक्रालाई २०० देखि २४० टेम्पेरचर डेग्रीमा फ्राई गर्ने रातो हुनेगरी पकाउने। यसरी पाकेको पकौडालाई टिमुरको छोप ,केचप पुदिनाको अचार हट्सस अन्य चटनीसँग खाँदाको मज्जा नै बेग्दै हुन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु