२०८० पौष – २१, नेपाल डेरी एसोसिएसन मशेश प्रदेश र सुदुर पश्चिम प्रदेशको वार्षिक साभारण सभा सम्पन्न भयो ।
सुदुरपश्चिम प्रदेशको ५औं वार्षिक साधारणसभा एवं तेश्रो अधिवेशनबाट डेरी क्षेत्रका अग्रज भुपेन्द्र थापाको सभापतित्व एवं केन्द्रिय उपाध्यक्ष रेशम बहादुर खड्काको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमाल, केन्द्रिय सदस्य प्रेम प्रकाश पाठक, प्रकाश सामन्त लगायत डेरी उद्यागीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा हाल दुग्ध क्षेत्रको समस्या र समाधानका विषयमा छलफल गर्दै समितीले पेश गरेको प्रतिबेदन माथि छलफल गरि पास गरियो। साथै नयाँ नेतृत्व छनौट गर्दै भव्यताका साथ सम्पन्न गरियो ।
अभिवेशनबाट नयाँ नेतृत्वमा भुपेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भयो । कार्य समितिको उपाध्यक्षमा राम कुँवर, सचिवमा देव बहादुर चन्द, कोषाध्यक्षमा विमला देवी सिंह, सदस्यहरुमा गणेश बहादुर विष्ट, डम्मरा दियाकोटी, डम्मर चन्द, अनिता के.सी सहित ९ जनाको कार्य समिति बन्यो। त्यसै गरि सल्लाहकारमा दल बहादुर बोहरा चयन हुनु भयो ।
त्यसै गरि मधेश प्रदेशमा पनि आजै ५ औं वार्षिक साधारणसभा सम्पन्न गरियो । कार्यक्रम प्रदेश अध्यक्ष राघो सिंहको सभापतित्व एवं उपमहासचिव विजया चौरासियाको प्रमुख आतिथ्यतामा डेरी उद्योगीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो । केन्द्रिय सदस्य नविन चौरसियाको उपस्थिति रहेको त्यस कार्यक्रममा विशेष गरि डेरी क्षेत्रमा अहिले देखिएको समस्याका विषयमा छलफल गरि समितीले प्रस्तुत गरिएको प्रतिवेदन माथि छलफल गरि पास गरिएको थियो ।
नेपाल डेरी एसोसिएसन केन्द्रिय महासचिव हेमचन्द्र खनालका अनुसार अब प्रदेश नं ५ र ६ मात्र यस वर्षको साधारणसभा सम्पन्न गरि बाँकी रहेको बताए ।
केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालका अनुसार नेपाल डेरी एसोसिएसनको २४ औं केन्द्रिय वार्षिक साधारणसभा माघ ७ गते स्थापना दिवसको दिन काठमाडौंमा गरिने जानकारी दिए।