तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नागार्जुन टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २२ गते, आईतवार ४:२७

काठमाडौं, पुस २१ गते ।
नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा नागार्जुनले ८ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ काठमाडौं महानगरपालिका दोश्रो भयो । तेश्रो स्थानको महालक्ष्मी नगरपालिकाले २ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो । १८ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा ललितपुर महानगरपालिका, शंखरापुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र कीर्तिपुर नगरपालिकाले समान १–१ स्वर्ण जिते ।
प्रतियोगिताको पुरुषमा महालक्ष्मीका सविनकुमार दियाली तथा महिलामा नागार्जुनकी सुस्मिता नेपाली उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उप मेयर लक्ष्मी महर्जन, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, आयोजक वडा ७ का अध्यक्ष बाबुराजा महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
चाङगाथलीस्थित हाम्रो पाठशालामा भएको एकदिने प्रतियोगितामा उपत्यका १० पालिकाबाट १ सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु