तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पदक विजेता खेलाडीलाई टोखाको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २२ गते, आईतवार ४:३६

भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई टोखा नगरपालिकाले शनिबार सम्मान गरेको छ ।
टोखा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको समापन कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उप मेयर मुरारी तामाङ, प्रशासकीय अधिकृत शेरबहादुर विसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, टोखा नगर प्याब्सनका अध्यक्ष टंककुमार चापागाईंलगायतले सम्मान गरे । गत डिसेम्बरको तेश्रो साता भएको प्रतियोगितामा डोजाङका खेलाडीले ४ स्वर्ण, ३ रजत र ४ कांस्य जितेका थिए ।
पुरुष ४५ केजीमुनि वृजेश रायमाझी, ३२ केजीमुनि रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि सुजित कार्कीले स्वर्ण जितेका थिए । आभास डिओले पुरुष ३२ केजीमुनि र एकल पुम्सेमा गरी दुई रजत जिते भने ३७ केजीमुनि सोहन तामाङले रजत हात पारेका थिए ।
पुरुष ४१ केजीमुनि क्षितिज घले, ५५ केजीमुनि अशिम घिमिरे, ३५ केजीमुनि दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले कांस्य प्राप्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु