एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

फास्टफुड एशोशिएसन नेपालद्वारा स्वर्गीय राजनाराण श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २२ गते, आईतवार १७:३१

काठमाडौं, २२ पुस । फास्टफुड एशोशिएसन नेपालले संस्थाका पूर्वमहासचिव स्वर्गीय राजनारायण श्रेष्ठको १३औं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । फास्टफुड एशोशिएसनले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा श्रद्धाञ्जली सभा गरी स्वर्गीय राजनाराण श्रेष्ठको आत्माको चीर शान्तिको कामनासहित परिवारजनमा समवेदना व्यक्त गरेको हो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले आफूले राजनारायण श्रेष्ठलाई लोकतन्त्रको बलियो खम्बा र सचेत युवाको रुपमा बुझेको बताए । उनले रामेछापमा स्वर्गीय राजनारायणको अभाव सधैं खड्किरहने बताए ।
त्यसैगरी, नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले स्वर्गीय राजनारायण श्रेष्ठ सबैको साझा व्यक्ति भएको पुष्टि भएको बताए । उनले रामेछापका कुनै नेता र व्यवसायीले स्वर्गीय राजनारायणले पाएजस्तो सम्मान नपाउने दाबी गरे । स्वर्गीय राजनारायणको अभाव रामेछाप कांग्रेसमा खड्किरहने उनको भनाइ छ । साथै, स्वर्गीय राजनारायण श्रेष्ठकी श्रीमतीलाई आमन्त्रित जिल्ला कार्यसमिति सदस्य बनाउनेसमेत उनले घोषणा गरे ।
फास्टफुड एशोशिएसन नेपालका पूर्वअध्यक्ष धनबहादुर श्रेष्ठले स्वर्गीय राजनारायण श्रेष्ठले संस्थालाई पुर्याएको योगदान उल्लेखनीय रहेको बताए । उनले फास्टफुड एशोशिएसनको इतिहासमा स्वर्गीय राजनारायण श्रेष्ठको नाम स्वर्णाक्षरले लेखिने बताए ।
श्रद्धाञ्जली सभामा फास्टफुड एशोशिएसन नेपालका संस्थापक अध्यक्ष ताराराम श्रेष्ठ, निवर्तमान अध्यक्ष केशरबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्षहरु सुवास श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, फिणिन्द्र बहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ र स्वर्गीय राजनाराण श्रेष्ठका परिवार र आफन्तको उपस्थिति थियो । उपस्थितहरुले स्वर्गीय राजनारायण श्रेष्ठको तस्बिरमा माल्यार्पन गरी श्रद्धाञ्जली व्यक्त गरे ।
स्वर्गीय राजनारायण श्रेष्ठ नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क मञ्चका सभापति थिए । साथै, उनी होटल व्यवसायमा पनि संलग्न थिए । २०३० साल पुस १४ गते रामेछापको पकरवासमा जन्मिएका राजनारायण श्रेष्ठको निधन २०८० पुस १० गते भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु