नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

ईङवा हाइड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २२ गते, आईतवार २०:०९

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको साधारणसभा बानेश्वर ब्यांकेटमा आज अर्थात पुस २२ गते सम्पन्न भएको छ । सभाले कम्पनीको सवै प्रस्तावमाथि छलफल गरी पारित गर्नुको साथै कम्पनीको नयाँ कार्यसमिति समेत चयन गरेको छ । सभाले कार्यसमितिमा सुमित्रादेवी न्यौपाने, इन्द्र मणि त्रिताल,भेजप्रसाद तिमिल्सीना, संजिव न्यौपाने र सतिस न्यौपानेलाई कार्य समितिमा चयन गरेको हो ।
कम्पनीका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले प्रबर्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो । गत असार महिनामा आएको बाढीको क्षतीका कारण अवरुद्ध यस अयोजन पुन फागुन १ गतेदेखि बत्ति बाल्ने गरी मर्मतसम्हारको काम भैइरहेको कम्पनीेले जनाएको छ । कम्पनीले ८ मेगावाट क्षमताको तल्लो लोवर ईङवा हाइड्रोपावर आयोजना बनाउने तयारी गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु