माउन्टेन हाइड्रो नेपालको वार्षिक साधारणसभा सम्पन्न, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २३ गते, सोमबार १८:३६

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारणसभा आज अर्थात पुष २३ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १ : १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । भव्य र सभ्य रुपले सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९ ०८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु) माथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ । सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु