तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

२० औ कमला स्मृति दिवसका अवसरमा छात्रवृत्ति, पुरस्कार, प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २५ गते, बुधबार ६:१७

२५ पुस २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ

नेत्रहीन महिला संघ नेपालले हिजो पुस २४ गतेका दिन कमला स्मृति दिवसको अवसरमा दृष्टिविहीन अपाङ्गता भएका अभिभावकहरूका बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू, स्कुल ब्याग, स्विटर, उच्च शिक्षा अध्ययन गर्ने महिला दृष्टिविहीन विद्थार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

कमला श्रेष्ठ नेपाल नेत्रहीन संघको तत्कालीन महिला उपाध्यक्ष तथा नेत्रहीन महिलासंघको पहिलो संयोजक हुनु हुन्थ्यो । वि.सं.२०६० सालमा उहाँको निधन भए पछि दृष्टिविहीन अपाङ्गता भएका महिलाहरू र सिङ्गो अपाङ्गता जगतमा ठुलो क्षति व्यहोर्नु परेको र उहाँले देखाएको बाटोमा हिँड्दै आर्थिक अवस्था कमजोर भएका दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूको शिक्षालाई अगाडि बढाउने उद्देश्यले नेत्रहीन महिला संघले कमला स्मृति कोषको स्थापना गरी उहाँको स्मृति दिवसका अवसरमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यस कार्यक्रममा नेत्रहीन महिला संघकी अध्यक्ष सिता सुवेदीले स्वर्गीय कमला श्रेष्ठको तस्बिरमा माल्यार्पण गर्दै उहाँले अपाङ्गता भएका महिलाहरूको शिक्षा तथा रोजगार र स्वरोजगारका साथै उनीहरूको हक हित र अधिकारका लागि महत्त्वपूर्ण योगदान पुर्यााउनु भएको भन्दै उहाँको यो योगदानको कदर गर्दै, उहाँको यस संस्थाले हिंसा तथा विभिन्न अन्यायमा परेका दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पुर्याहउने कार्यलाई निरन्तरता दिँदै आएको बताउनु भयो ।

त्यसै गरी नेपाल नेत्रहीन संघका महासचिव शिशिर खनालले स्वर्गीय कमला श्रेष्ठको योगदानलाई कदर गर्दै नेत्रहीन महिला संघले दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयमा वकालत तथा पैरवी गर्दै आएको भन्दै उहाँले देखाउनु भएको बाटोलाई पछ्याउँदै सधैँ अपाङ्गता अधिकारका लागि काम गर्ने भन्दै स्वर्गीय कमला श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि एवं स्नेही काखका अध्यक्ष श्रीनेहा पोखरेलले अपाङ्गता अधिकारकर्मी स्वर्गीय कमला श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूको कार्य देखेर आफूमा अझै समाज सेवा गर्न प्रेरणा मिलेको भन्दै नेत्रहीन बालबालिकाहरूको शिक्षालाई केही मात्रमा भए पनि सहयोग पुगोस् भनेर वार्षिक रूपमा रु १ हजार सहयोग गर्ने बताउनु भयो ।

त्यसै गरी वरिष्ठ समाज सेवी तथा चित्रकार हरी बहादुर शर्मा / पौडेलले अपाङ्गता हुँदैमा हरेस खान नहुने भन्दै क्षमता सबैमा हुने र उक्त क्षमतालाई उपयोग गर्ने अवसरको खोजी गर्नु पर्ने बताउनु भयो ।

२० औ कमला स्मृति दिवसका अवसरमा नेत्रहीन महिला संघ नेपालले आयोजना गरेको दृष्टिविहीन अभिभावकका बालबालिकाहरूलाई शैक्षिक सामग्री, छात्रवृत्ति, पुरस्कार तथा प्रमाणपत्र वितरण एवं सम्मान कार्यक्रममा ५ जना दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूलाई उच्च शिक्षा अध्ययनको लिग कमला स्मृति कोषबाट छात्रवृत्ति, ५ जना दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूको उच्च शिक्षा अध्ययन कै लागि पुण्य फाउन्डेसनको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।

त्यसै गरी दिव्य ज्योति फाउन्डेसनको तर्फबाट वरिष्ठ समाज सेवी तथा अनल ज्योति स्कुलकी संस्थापक ज्योति के.सी., नेपाल सरकारकी उपसचिव तथा बालबालिका विभागकी निर्देशक निरा अधिकारी, ओम प्रकाश बन्जाडे लगायत का ११ जना व्यक्तित्वहरूले नेत्रहीन महिला संघ नेपाल मार्फत दृष्टिविहीन अभिभावकका छोराछोरीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान गर्नु भयो ।
सो कार्यक्रममा अस्ट्रेलिया निवासी पूर्ण दृष्टिविहीन समाज सेवी इन्द्र रिजालले पुण्य फाउन्डेसन मार्फत दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान पत्र सहित सम्मान पनि गरियो । साथै लुइस ब्रेलको जन्म दिवस जनवरी ४ को अवसरमा नेत्रहीन महिला संघ काठमाडौँ उपत्यका शाखाले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम हुने सुजन मगरलाई रु २ हजार, दितिय हुने मञ्जु अधिकारीलाई रु १ हजार र तृतीय हुन सफल जानुका खनाललाई रु ५ सय नगद सहित प्रमाण पत्र पनि वितरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु