मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

विद्यालय खेलकुद शिक्षक तालिम सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २६ गते, बिहीबार ०६:२३

काठमाडौं, पुस २५ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्य तथा एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा विद्यालय खेलकुद शिक्षक तालिम बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
तालिमको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने हो भने विद्यालय खेलकुदलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए । सो अवसरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिनाले सानको उद्देश्य बारे प्रकाश पारेका थिए ।
तालिममा काठमाडौंका २०, भक्तपुरका १० र ललितपुरका ५ गरी ३५ जनाको सहभागिता रहेको आयोजकका अध्यक्ष अमृत खड्काले जनाएका छन् । सहभागीलाई स्पोर्ट्स साइकोलोजी, स्पोर्ट्स मेडिसिन, जीटीएमटी, बायो मेकानिक्स, एकसरसाइज फिजियोलोजी, फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, बास्केटबल र कबड्डीका विषयमा ज्ञान दिइने छ । तालिम माघ १० गतेसम्म सञ्चालन हुने आयोजकका उपाध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु