दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोल्ड कोस्ट फुटसलमा सहभागी हुने टोलीको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २६ गते, बिहीबार ६:२६

अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।
जनवरी १६ देखि २० तारिखसम्म हुने फुटसलमा एन्जल्स हार्ट स्कुल फुटबल क्लब नेपालको टोली सहभागी हुँदै छ । त्यसका लागि टोली शनिबार अस्ट्रेलिया प्रस्थान गर्ने छ ।
खेलाडीहरुमा आर्यन अधिकारी, निशान थापा, अभिनम गौतम, सौरव पुन, विपिश मल्ल, मविन्द्र पुन, किस्मत क्षेत्री र विपिन छन्त्याल रहेका छन् । टोली प्रमुख एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन तथा व्यवस्थापकमा एन्जल्स हार्टका खेलकुद विभाग प्रमुख सुमन तिमल्सिना छन् ।
टोलीलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका शिक्षा शाखा प्रमुख पदमबहादुर खत्री, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, मानसिंह डोजोका प्रमुख महेश महर्जनलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे । टिकट पार्टनरमा नमस्ते टुरिजम एन्ड होडेज प्रा.लि., हात्तीसार रहेको व्यवस्थापक तिमल्सिनाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु