जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २६ गते, बिहीबार ०६:३१

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
युनियनका संस्थापक स्व. गिरीजाप्रसाद कोइरालाको सम्झनामा हुन लागेको प्रतियोगितामा युनियनमा आबद्ध संस्थाका समान ११६–११६ पुरुष÷महिला गरी २ सय ३२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक प्रजापति दाहालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष गणेश भट्टराईले जानकारी दिए ।
सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट ५ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु