तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एपीएफलाई हक्की सामाग्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २६ गते, बिहीबार ६:३८

नेपाल हक्की संघले सशस्त्र प्रहरी बल नेपाल (बिशेष कार्यदल) बंगलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ । साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ ।
कार्यदलका प्रमुख एसपी समिककुमार महर्जनलाई संघका अध्यक्ष अनिलप्रसाद शर्माले उक्त सामग्री प्रदान गरे । नेपालमा हक्की खेलको विकासका लागि संघले एपीएफमा पनि विभागीय टिम बनाउने उद्देश्य राखी नियमित तालिम पनि दिने लागेको हो । विभिन्न विद्यालयसंग पनि सहकार्य गरी खेलाडी उत्पादन गर्ने उदेश्य रहेको हक्की संघले जनाएको छ । कार्यक्रममा संघको तर्फ बाट अध्यक्ष अनिलप्रसाद शर्मा , महासचिब सुवर्ण श्रेष्ठ , सचिब अशिम शर्मा, सदस्य पवन कुमार केसी साथै प्रमुख प्रशिक्षक बिजयन्त शर्मा प्रशिक्षकहरु रञ्जन थापा, बाबुराम नेपाल र अश्विनी अधिकारीलगायतको उपस्थिति रहेको थियो भने कार्यदल बाट बिभिन्न तहका अधिकारीलगायत प्रशिक्षणका लागि करिब २५ जनाको उपस्थिति रहेको थियो हक्की संघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु