एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

भारोत्तोलन मध्यपुर ठिमीमा जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २६ गते, बिहीबार ०६:४२

भक्तपुर ः मध्यपुर ठिमीमा जारी २६ औं भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा बुधबार पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जितेका छन् । यस विधामा नेपाली सेनाकै मुक्तिराम घलेले रजत जिते । त्यस्तै, जुनियर ६७ केजी पुरुषतर्फ कास्कीका रोशन चुनवाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत जितेका छन् ।
त्यस्तै, युथ पुरुष ६७ केजीतर्फ सप्तरकी अनुराग सिंह पहिलो र कञ्चनपुरका दिपेश घटाल दोस्रो भए । ७३ केजीतर्फ सिनियर पुरुषमा नेपाल प्रहरीका प्रकाश केसी पहिलो र कञ्चनपुरका अशोकसिंह भण्डारी दोस्रो भए । ७३ केजी जुनियर पुरुषतर्फ कञ्चनपुरका हेमन्त पाल पहिलो र इलामका पुस्कर राई दोस्रो भए । ७३ केजी युथतर्फ सप्तरीका हेमनारायण यादव स्वर्ण जित्न सफल भए ।
यसअघि मंगलबार महिला ४९ केजीतर्m नेपाल प्रहरीकी कृष्णकला विष्टले नयाँ राष्ट्रिय किर्तिमान बनाएकी थिइन् । उनले स्न्याचतर्फ ५९ र क्लिन एन्ड जर्कतर्फ ७७ किलो उचाल्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जितिन् । यही विधामा नेपाली सेनाकी सिर्जना तामाङले रजत जितिन् । त्यस्तै ५५ केजी पुरुष सिनियरतर्फ नेपाल प्रहरीका दिलिप यादवले स्न्याचतर्फ ८२ र क्लिन एन्ड जर्कतर्फ १ सय ३ किलो भार वहन गर्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जिते । यही विधामा नेपाली सेनाका दीपकबहादुर भण्डारी दोस्रो भए ।
पुरुष ६१ केजीतर्फ नेपाली सेनाका तुलाराम महतोले स्वर्ण र एपिएफका पारस देसारले रजत जिते । महिला ४५ केजी सिनियरतर्फ नेपाल प्रहरीकी हिरामोति थारु पहिलो र एपिएफकी लिला राई दोस्रो भए । ५५ केजी महिला सिनियरतर्फ नेपाली सेनाकी प्रभा थारु पहिलो र ललितपुरकी सप्रिना श्रेष्ठ दोस्रो भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु