बागमती प्रदेश प्रथम राष्ट्रिय बेसबल फाइभ प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ ।
नेपाल बेसबल तथा सफ्टबल संघद्वारा नेपालमै पहिलो पटक आयोजित बेसबल फाइभको फाइनलमा बागमतीले मधेश प्रदेशलाई ६–५ ले पराजित ग¥यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५–४ ले हराउदै तेश्रो भयो । प्रतियोगितामा मधेशका सुकेशकुमार यादव सर्वोत्कृष्ट खेलाडी तथा सुदूरपश्चिमका नितिन पाण्डे सर्वाधिक स्कोरकर्ता (१२ स्कोर) बने ।
विजेताले ३० हजार, उपविजेता २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप बोर्ड सदस्य प्रकाशकुमार कुसारी, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षापति र आयोजक संघका अध्यक्ष दीपक न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ७ टिम सहभागी थिए ।