भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

पृथ्वीनारायण शाहको आवश्यकता र उपदेश आज अझ बढी सान्दर्भिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २७ गते, शुक्रबार १८:३९

काठमाडौं, २७ पुस । राष्ट्रिय एकताका प्रतिक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आवश्यकता र उपदेश आज अझ बढी सान्दर्भिक भएको कुरा सरोकारवालाहरुले बताएको छन् ।
स्वर्गीय राजा वीरन्द्र शान्ति प्रतिष्ठानले ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण तथा माल्यार्पण कार्यक्रममा यस्तो कुरा बताइएको हो ।
प्रतिष्ठानका अध्यक्ष शिवहरी खनालले राष्ट्रिय एकताका प्रतिक राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आवश्यकता र उपदेश आज अझ बढी सान्दर्भिक भएको बताए । उहाँले पृथ्वीनारायण शाहको स्मरण गर्दै मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईरहंदा आँफु हर्षित र गौरवान्वित भएको बताउनुभयो ।
उहाँले आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याइएको योगदानको स्मरण गर्दै प्रतिष्ठान उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रियता र अखण्डता अक्षुण राख्नको लागि पृथ्वीनारायण शाहको त्याग र योगदान कोही कसैले पनि भुल्न नसकिने बताउनुभयो ।
प्रतिष्ठानका सचिव रञ्जित धमलाले राष्ट्रिय एकताको प्रतिक पृथ्वीनारायण शाहको नेपाल राष्ट्रप्रतिको योगदानलाई हामी कहिल्यै भुल्न नहुने बताउनु भयो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहलाई नेतृत्व गरी छरिएर रहेका बाइसे–चौबिसे राज्यलाई एक शुत्रको मालामा गाँसेकोले उहाँप्रति यस प्रतिष्ठानको हृदयदेखि नै सम्मान रहेको बताउनुभयो ।
पृथ्वीनारायण शाहको अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको सचिव धमलाले बताउनु भयो ।
आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्दै पृथ्वीनारायण शाहले ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रू हुन्, ‘चार जात छत्तिस वर्णको साझा फूलबारी हो’ भन्ने लगायतका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो, पृथ्वीनारायण शाह अत्यन्त दुरदर्शी र चतुर राजा भएको बताउनुभयो । अहिले मौलाउँदै गएको भ्रष्टाचार र विकृतिलाई न्यूनीकरण र भष्टाचार रहित सुशासन कायम गर्न पृथ्वीनारायण शाहको दिव्योपदेशलाई अनुशरण गर्नुपर्ने बताउनुभयो ।
पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले नै पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै प्रतिष्ठान यस कार्यको स्वागत गर्दछ ।
पृथ्वीनारायण शाहको जन्म वि.स. १७७९ पुस २९ गते गोरखामा भएको थियो । त्यसै दिनलाई राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती मनाउँदै आइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु