दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रामविनय, प्रजापति र लेखनाथ सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २८ गते, शनिबार ७:११

रामविनय श्रेष्ठ, प्रजापति दाहाल र लेखनाथ पराजुली जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष सिंगल्समा टक्कर कुँवर, दिनेश केसी, रेवती कार्की र उमेश धितालले सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला सिंगल्समा सोमा गुरुङ, भावना राई, पूजा राई र शर्मिला केसी सेमिफाइनलम पुगे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा टक्कर कुँवर र बसन्त थापा, राजेश तुम्सिङ मगर र श्याम थापा तथा शोभाकर भण्डारी र चन्द्रबहादुर पाण्डेको जोडीले सेमिफाइनल यात्रा तय गरे । मिक्स डबल्समा दिनेश केसी र पूजा राई, केवल बानियाँ र सोमा गुरुङ तथा उमेश धिताल र शर्मिला केसीको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।
प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा ७६ खेलाडीको सहभागिता रहेको आयोजक युनियन अध्यक्ष गणेश भट्टराईले जनाएका छन् । शनिबार सम्पन्न हुने विभिन्न ५ स्पर्धा समावेश प्रतियोगितामा सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु