गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २८ गते, शनिबार ०७:२०

गरिमा क्यापिटल लिमिटेडले मिति २०८० पौष २५ गतेबुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले
आ.व. २०७९।८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु
पारित गरेको छ ।
क्यापिटलका सञ्चालक समितिका अध्यक्ष श्री दिपक पाण्डेयज्यूको अध्यक्षतामा सम्पन्न आठौं वािर्षक साधारण सभामा आ.व.
२०७९।८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नुभएका जिज्ञासाहरुको अध्यक्ष श्री दिपक पाण्डेय एवं प्रमुख
कार्यकारी अधिकृत श्री निर्मल भट्टराईले स्पष्ट पार्नु भएको थियो । गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र
प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा ९एयचतायष्यि ःबलबनझभलत क्भचखष्अभक – एःक्०
तथा निक्षेप सदस्य (म्भउयकष्तयचथ एबचतष्अष्उबलत ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट
भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड
अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी समेत गराएको
छ। गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा
कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको
निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु