काठमाडौं । थारू भाषाका चर्चिक गीतकार तथा गायक नरेश जोगीले ‘प्यारके सर्दी’ गीतको म्युजिक भिडियो लिएर आएका छन् ।
शुक्रबार नरेश जोशीको युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा अन्नु चौधरी र नरेश जोगीले स्वर दिएका छन् भने शब्द रचना नरेश जोगीकै रहेको छ । यस् गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् ।
यसैगरी गीतको म्युजिक भिडियोमा नरेश जोगी र प्रतिभा चौधरी मुख्य भूमिकामा देखिएका छन् ।
गीतको निर्देशनक र कोरियोग्राफी विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका छन् । गीतको सम्पादन मिलन विश्वकर्मा, ड्रोन अजय रेग्मीले गरेका छन् ।