पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

काठमाण्डौ शिक्षालयले सम्पन्न गर्यो खेलकुद सप्ताह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २८ गते, शनिबार १९:५१

काठमाण्डौ महानगरपालिका वडा नं ३१ स्थित मध्ये बानेश्वरमा रहेको काठमाण्डौ शिक्षालयले चालु शैक्षिक सत्रको साताव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ।

२०८० पौष २४ गते देखि सम्पन्न खेलकुद सप्ताहमा सो क्षेत्रका बिद्यालय निरीक्षक मोती प्रसाद भट्टराईद्वारा उत्कृष्ट खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त खेलकुद सप्ताह मा फुटबल, बास्केटबल,ब्याडमिन्टन,एथलेटिक्स,बुद्धिचाल लगायत बिभिन्न २२ विधा भन्दा बढी इन डोर तथा आउट डोर खेलहरु समाबेश गरिएको थियो।मन्टेश्वरी देखी ८ कक्षा सम्म सन्चालन भैरहेको काठमाण्डौ शिक्षालयका सम्पूर्ण छात्र(छात्रा हरुले उत्साहपूर्वक सबै खेलहरुमा सहभागिता जनाए।समापन समारोहमा विधालयमा निरक्ष मोतीप्रसाद भट्टराईले बालबालिकाहरुको चौतर्फी क्षमता अभिवृद्धिमा काठमाण्डौ शिक्षालयले लिएको अग्रसरता र खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै आगामी दिनहरुमा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत योगदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।सात दिन सम्म चलेको खेलकुद सप्ताह को समापन कार्यक्रममा विद्यालयका व्यबस्थापन तथा शिक्षक हरिप्रसाद खनालले आफ्ना बालबालिकाहरुको अतिरिक्त क्रियाकलाप र चौतर्फी क्षमता बिकासमा विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्ध जाहेर गर्नुभयो। त्यसै गरी बिद्यालयमा अध्यक्ष प्रकाश राज पाण्डेले आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी ढंगले सम्पन्न गर्ने तथा बिभिन्न निकायसँगको समन्वयमा राम्रा खेलाडीहरुको क्षमता प्रष्फुटन गर्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु