दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसकेबीसी तेक्वान्दोमा लैनचौर च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २९ गते, आईतवार ५:२५

लैनचौर तेक्वान्दो डोजाङले प्रथम एसकेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) ले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा लैनचौर ९ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो । दोश्रो भएको द नेक्स्ट लेभल तेक्वान्दोले ५ स्वर्ण, ४ रजत र १ कांस्य हात पा¥यो । ३ स्वर्ण, २ रजत र १ कांस्य जितेको तुखियाँ तेक्वान्दो डोजाङले तेश्रो स्थानमा चित्त बुझायो ।
टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा भएको प्रतियोगिताको पुरुषमा एसकेबीसीका सोहन तामाङ र महिलामा ढल्को तेक्वान्दो डोजाङकी यान्चेन लामा उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका शिक्षा शाखा अधिकृत खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा करिब ५ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु