दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धार्मिक सद्भाव कायम गर्न एकतावद्ध भई खटिरहने प्रतिवद्धता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २९ गते, आईतवार १८:११

धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्नको लागि एकताबद्ध भएर कृयाशिल रहने प्रतिवद्धता बिभिन्न धार्मिक संघ संगठनका अगुवा तथा धर्मगुरुहरुले व्यक्त गरेका छन् । महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन ) नेपालको आज काठमाण्डौमा भएको १६ औं वार्षिक साधारणसभामा धर्मगुरुहरुले बदलिदो परिस्थीतिमा अन्तरधार्मिक सञ्जालको भूमिका बढेको बताएका हुन् । पछिल्लो समय अन्तराष्ट्रिय संघ संगठनहरुले पनि हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरुको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमहरु तय गरेको इसाई धर्ममा पास्टर इशुजंग कार्कीले बताउनुभयो । नेपालमा धार्मिक सद्भावमा खलल पार्ने बिभिन्न तत्वहरु सकृय हुन थालेकाले सबै धर्मका धर्मगुरु एकजुट भएर अगाडी बढ्नु पर्ने भएकाले निरनले अझै सकृयताका साथ काम गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रणामी युवा परिषद एवं निरनका पुर्व अध्यक्ष हर्ष थापाले बताउनुभयो । इस्लामी संघ नेपालको अध्यक्षमा मौलाना नजरूल हुसैन फलाहीले सबै धर्मका धर्मगुरु एक ठाउमा बसेर एक ठाउमा बसि छलफल गरि एकमत हुनुले धेरै राम्रो सन्देश दिएको बताउनुभयो । विभिन्न धर्मका संघसंगठनका नेतृत्ववर्ग, धर्मगुरुहरू र धार्मिक अगुवा र सरोकारवालाबीच छलफल गरी साझा बुझाइ गरि सद्भाव कायम गर्ने थलोको रुपमा निरनले महत्वपूर्ण काम गर्दै आएको र आगामी वर्षहरुमा झनै प्रभावकारी काम गर्ने योजना बनाएको निरन नेपालका अध्यक्ष भिक्षु पियदस्सी महर्जनले जानकारी दिनु भयो । महिला हिंसा अन्त्यका लागि अन्तरधार्मीक सञ्जालले अझै प्रभावकारी योजना बनाएर अघि बढ्न लागेको निरनका उपाध्यक्ष एवं महिला ज्योतिष संघका अध्यक्ष रती श्रेष्ठले बताउनुभयो । १६ औं वार्षिक साधारणसभाले बदलिदो परिस्थीतिमा अन्तरधार्मिक सञ्जालको लागि आवस्यक नीतिहरु पारित गरेको निरनका व्यवस्थापक नहिदा बानुले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु