डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

जन्मदिनमा खानेपानी स्तर उन्नतिको लागि एक लाखको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १ गते, सोमबार ०६:५२

काठमाडौ । विश्व चर्चित पेस्ट्री सेफ सरोज सिंह थापाले जन्मदिनमा खानेपानी धाराको स्तर उन्नतिको एक लाख सहयोगको घोषणा गरेका छन् ।

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीका थापाले आफु जन्मेको गाउँको मेलबोटे धाराको स्तर उन्नतिको लागि सोमबार बिहान एक स्ट्याटस पोष्ट गर्दै जन्मदिनको अवसरमा आफ्नो कमाईबाट एकलाख सहयोगको घोषणा गरेका हुन् ।

पेस्ट्रि सेफ सरोज सिंह थापाको संक्षिप्त परिचय

नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा मध्यम परिवारमा जन्मिएका थापा बाल्यकालदेखि नै अदितीय क्षमताले भरिएका ब्यक्ति थिए । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जितेका थापाले अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको बताउछन । उनले राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी रहेको हामीसँगको भेटमा बताए ।

बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै आज मलाई यो पेशामा आउन सहज भयो थापाले बताए । २०५४ सालमा एसएलसि पुरा गरि राजधानी छिरेका उनले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना भै उच्च शिक्षा हासिल गरे । एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन थापा बताउछन । दिनमा बाहिर काम गरि रातमा क्याम्पस पढ्ने गरेका थापाले प्रबिणता प्रमाण पत्र पुरा गरि कालीमाटीको एक आइसक्रिम पसलमा काम गरेको बताउछन । काम गर्दै पर्यटन र होटल व्यवस्थापनमा नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गरेका थापा अहिले बिश्वमा चर्चित सेफ बन्न सफल भएका छन ।

होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले थापाको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उनलाई मानव संसाधन विभागले बोलाएर स्थायी स्टाफको रुपमा नियुक्ती दिलाएपछि उनको जिवनको करिअरले एक महत्वपूर्ण टर्निङ गरेको थापा बताउछन ।
होटल सांग्रिलामा आफ्नो कला देखाएका थापा केही समयपछि अवसरको खोजिमा दुबई पुगे ।

दुबईमा धेरै होटेलमा अत्यन्त सफलता हासिल गरेका थापा अहिले थप अवसरको लागी साउदी अरवको केम्पिनस्की होटलमा पेस्ट्रिका एक्जुकेटिभ सेफका रुपमा बिगत २ बर्षदेखी कार्यरत रहेका छन ।
जुनसुकै क्षेत्रमा पनि लगनशिलता र मेहनत गर्दा सफल बन्न सकिन्छ भन्ने उदाहरणका पात्रका रुपमा लीईएका थापा हाल पनि ७००० भन्दा बढी तलव सुविधा लिएर साउदीमा कार्यरत छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु