नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

नाङ्गे पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्षमा याेगेन्द्र खनाल  चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १ गते, सोमबार १२:२२

गाेरखाकाे भिमसेनथापा गाउँपालीका वडा नं ३ नाङ्गे मा खानेपानी आपूर्ति गर्दै आएको नाङ्गे पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा याेगेन्द्र खनाल  चयन हुनुभएको छ । आइतबार सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैंटाै औ अधिबेशनले याेगेन्द्रको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो । संचालक समितिको सचिवमा यशाेदा खनाल, कोषाध्यक्षमा भाेज कुमरी धमला चयन हुनुभएको छ । सदस्यहरूमा सेतु प्रसाद लामिछाने, कमलदेव खनाल, सुर्य प्रसाद खनाल, तिलक प्रसाद लामिछाने, बिन्दा धमला, र गाेमा रिमाल चयन हुनुभएको छ ।

अधिबेशन को भिमसेनथापा गाउँपालिका ३ का वडा अध्यक्ष ऋषिराम लामिछानेले उद्घाटन गर्नुभएको थियो । उहाँले संस्थाले गाँउबासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा यस संस्थाले ३ नम्बर बडा नाङ्गे, बेलबाेटे क्षेत्रमा करिब ८० घरधुरीका ५०० सय जनसंख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष याेगेन्द्र खनालले संस्थाको सम्पूर्ण पक्षको बारेमा, सचिब यशाेदा खनालले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष भाेज कुमारी धमलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु