चिनियाँ नयाँ वर्ष २०२४ नेपालमा पनि मनाइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १ गते, सोमबार १३:१५

काठमाडौं । चिनियाँ नयाँ वर्ष २०२४ नेपालमा पनि मनाइने भएको छ । बसन्त पर्वको नामले प्रख्यात यो चाड नेपालस्थित चिनियाँ समुदाय र चिनियाँ पर्यटकले पनि मनाउने तयारी रहेको छ । नेपालस्थित चिनियाँ दूतावासले यस अवसरमा विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने भएको छ। आईतबार ( पुस – २९ ) काठमाण्डौंस्थित होटल याक एण्ड यतिमा ” वसन्तको आवाज – सुनौलो सपना ” शिर्षकीय अन्तराष्ट्रिय नयाँ वर्ष गाला र नेपालमा पहिलो चिनियाँ नयाँ वर्ष कार्यक्रमको उद्घाटन समारोहको आयोजना गर्दै दूतावासले नयाँ वर्ष लक्षित कार्यक्रमको शृंखला सञ्चालन गर्ने जानकारी गराएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु