पेनकेक सिलातको तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २ गते, मंगलवार ०६:४७

काठमाडौं, माघ १ गते ।
पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ । बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए ।
तीनदिने तालिममा ३० प्रशिक्षक तथा २० रेफ्री सहभागी थिए । सहभागीलाई विवेककुमार विक र गोविन्द चौधरीले प्रशिक्षण दिएका थिए ।
सहभागीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सञ्ज्यालले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । तालिमको लुम्बिनी प्रदेशका सांसद् कृष्णकुष्मा थारुले उद्घाटन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु