गोबिन्द राज ओझा
मायाको सागरमा माया भरेर आए
त्यहाँ पुगेर मैले मिठो गित गाए
गितको धुनमा रमाउन पाए
हृदयमा मायाको मिठास पाए
म तिम्रो मायामा परेको छु
सधैं माया गर्ने बाचामा छु
धेरै भावनाहरू मनमा रहेका छन
लाज नमानेर मनको कुरा भन
एउटै पाइलामा हामी नाच्नेछौ
हामी एउटै गित गाउनेछौं
मेरो मान्छे? तिमी मेरो मान्छे हौ
मेरो संसार? तिमी मेरो संसार हौ
माया गर्नु भनेको लजालु मौनता हो
माया गर्नु भनेको तिम्रो प्रतिक्षा गर्नु हो
मायाको सागरमा माया भरेर आए
त्यहाँ पुगेर मैले मिठो गित गा