वेब सिरिज नेपाली ‘इच्छाधारी नागिन’ बन्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ३ गते, बुधबार १४:०५

काठमाडौं ।राजु गिरिको लेखन तथा निर्देशनमा वेब सिरिज नेपाली ‘इच्छाधारी नागिन’ बन्ने भएको छ । ओएसआर सिरिज युटुब च्यानलबाट नेपाली इच्छाधारी नागिनको अफिसियल टिजर सार्वजनिक गर्दै गिरिले यसबारे जानकारी दिएका हुन ।

यो सिरिज आँउदो फेब्रुअरीबाट आउँदै छ । यस सिरिजको पोस्ट प्रोडक्सन राजु गिरि प्रोडक्सनको रहेको छ भने प्रोडुक्सरमा काजल गिरि , शंकर गिरि, पुर्णकला गिरि, कंगणा गिरि र सरिता गिरि रहेका छ्न । सिरिजको लेखनमा गिरि स्वयम र अम्मु कालिराज रहेका छ्न ।

त्यस्तै सिरिजको कलाकारहरुमा राजु गिरि ,सबिन बास्तोला,गिता अधिकारी ,विनोद श्रेष्ठ, देव महर्जन,ओसिन भट्टराई,चन्द्र लामा,अन्जु हमाल, संगिता शर्मा सुस्मिता र देवराज आचार्य रहेका छ्न । सिरिजको कोरियोग्राफर रामेश्वर हुमागाई रहेका छ्न भने सम्पादन श्याम राज श्रेष्ठको रहेको छ ।

इच्छाधारी नागिनको टिजरले अरु वेब सिरिजको टिजर भन्दा धेरै भ्युज पाएको छ । जसले गर्दा टिजरले नै चर्चा बटुलिरहेको छ । टिजरमा दर्शकहरुले सिरिज प्रतिक्षा गरिरहेको भन्दै कमेन्ट गरिरहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु