दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तर्राष्ट्रिय स्क्राबल आजदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ४ गते, बिहीबार ४:२०

स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह–आयोजनामा चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।
प्रतिस्पर्धा शुक्रबारदेखि सुरु हुने भएपनि औपचारिक उद्घाटन भने बिहीबार हुने ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाबाट ३८ खेलाडीको सहभागिता रहने स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले जानकारी दिए ।
अमेरिकाका खेलाडीले शिक्षकलगायतको सहभागिता रहने साइड इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् भने बाँकीले मुख्य प्रतियोगितामा खेल्ने छन् । यु–१६ उमेरसमूहको मुख्य प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापाले स्क्राबलले मानिसको चिन्तन क्षमता अभिबृद्धि गराउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।
प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ७० हजार रुपैयाँ खर्च हुने बताइएको छ । १५ चरणसम्म चल्ने प्रतियोगिताका खेलहरु नैकापस्थित ब्राइट फ्युचरमै हुनेछ । स्क्राबल कोठे पदको परिस्कृत रुप भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु