अभिनमको ह्याट्रिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ४ गते, बिहीबार ०४:२४

एन्जल्स हार्ट स्कुल फुटबल क्लबका कप्तान अभिनम गौतमले गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा बुधबार ह्याट्रिक गरेका छन् ।
यद्यपि एन्जल्स हार्ट समूह चरणको आफ्नो दोश्रो खेलमा इप्सविच फुटसल, अस्ट्रेलियासंग ११–४ ले पराजित भयो । एन्जल्स हार्टका लागि थप १ गोल मविन्द्र पुनले गरेका थिए ।
अस्ट्रेलियाको गोल्ड कोस्टमा जारी प्रतियोगितामा एन्जल्स हार्टको यो लगातार दोश्रो पराजय हो । पहिलो खेलमा क्यारिना फुटसलले एन्जल्स हार्टलाई ९–१ गोलले हराएको थियो । यो खेलमा पनि अभिनमले नै गोल गरेका थिए ।
समूह ‘सी’ रहेको एन्जल्स हार्टले अब २ खेल खेल्न बाँकी छ । दुवै खेल जनवरी १९ तारिखमा छ । त्यस दिन एन्जल्स हार्टले इस्ट सिटी वुल्भ्स र बुन्दवर्ग वाइल्ड क्याट्सको सामना गर्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु