सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

पेश्की फछ्यौटका लागि कडा बन्दै राखेप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ४ गते, बिहीबार ०४:३२

काठमाडौं, माघ ३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेश्की तथा बेरुजु फस्र्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । राखेपले गठन गरेको पेश्की तथा बेरुजू फस्र्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए ।
कार्यदलले बुधबार प्रतिवेदन बुझाउदै पेश्की बाँकी रहेको संस्थाहरुलाई अनुदान रोक्नका लागि सुझाव दिएको छ । यस्तै बैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताए । विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठूलो अंकमा पेश्की रहेको भन्दै कार्यदलले फस्र्याैट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कार्वाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख गरिएको छ ।
यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरुलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु