
गाेरखा । नेकपा मओवादी समर्थत अखिल (क्रान्तिकारी) काे विद्यार्थी सङ्गठन गाेरखाकाे भिमसेनथापा ३ मा रहेकाे संस्कृत मा.वि. मा इकाई कमिटि गठन सम्पन्न भएकाे छ ।
बुधबार सम्पन्न भएकाे कार्यक्रमकाे प्रमुख अतिथिमा राजन आले मगरको उपस्थिति रहेकाे थियाे । आज सम्पन्न इकाई कमिटी गठन कार्यक्रममा बिबश बन्जराको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटी निर्माण गरिएकाे अखिल (क्रान्तिकारी) का गाेरखा जिल्ला सदस्य सचिन खनालले जानकारी दिए ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र का विद्यार्थी नेताहरूकाे पनि उपस्थिति रहेकाे थियाे । गाेरखा जिल्लामा अबका दिनमा द्रुत गतीमा इकाई कमिटि गठन गरिने भिमसेन ३ का सह-सचिव अमृत खनालले जानकारी दिनुभयाे ।
विद्यार्थीहरुमा एककिसिमको जोस र उर्जा त थियो नै कतिले मानिसहरुले बिद्यार्थीहरुलाइ राजनीतिमा लेराएर बिधालयमा राजनीतिक कलह आउने पो हो कि भन्ने पनि देखियो तर हामि र हाम्रो संगठन अखिल क्रान्तिकारीले विद्यार्थीको मर्म बुझेकोछ र त्यस्तो अराजक गतिविधि कुनै पनि हुने छैन र हुनदिने छन् । विद्यार्थीको मनोभावनालाइ बुझ्दा उनिहरुको राजनीतिक भबिस्यलाइ उजागर गर्न पनि कमिटी गठन गर्न पर्ने देखियो । अखिल क्रान्तिकारी बिद्यार्थीको हरेक सुख दुखमा साथि बन्ने छ । अखिल क्रान्तिकारीका नेता राजन आले मगरले बनाउनुभएको छ ।


