मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

धर्मले मुम्बइ म्याराथनमा दौड्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ४ गते, बिहीबार १९:३९

काठमाडौं, माघ ४ गते ।भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन् । जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५ किलोमिटर) मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दै छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले धर्मलाई सफलताका लागि शुभकामना दिदै बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । धर्मले ५० वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
त्रिशक्ति सिमेन्टका मार्केटिङ म्यानेजर किशन चरणले धर्मलाई तत्काल आंशिक प्रायोजन गरेको बताउदै राम्रो नतिजा हासिल गरे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
धर्मले विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन र टोकियो म्यारथानमा सहभागिता जनाइसकेका छन् । त्यस बाहेक धर्मले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाइसकेका छन् । धर्म जापानको किताकामीमा सन् २०१४ मा भएको १८ औं एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेता हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु