तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

खड्का पुम्से दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ४ गते, बिहीबार १९:४९

काठमाडौँ, माघ ४ गते । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले अशोकलाई बिहिबार दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको छ ।
तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नती हुन करिब पाँच वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको ¥याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लन सफल भएका हुन् । तेश्रोबाट दोश्रो श्रेणीमा उक्लन कम्तीमा आठ अंक आवश्यक पर्दछ । करिब पाँच वर्षको अवधिमा दस पुम्से प्रतियोगिता र एक रिफ्रेसर कोर्षमा सहभागिता जनाएको जानकारी गराए । यसअघि अशोकले सन् २०२१ मा ग्यारोगी विधामा पनि दोस्रो श्रेणीको रेफ्रीको मान्यता पाएका थिए ।
अशोकका अनुसार उनले सन् २०२३ मा दक्षिण कोरियामा वल्र्ड तेक्वान्दो पुम्से च्याम्पियन्सिप, किमुनयोङ कप, अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन, प्रेसिडेन्ट कप, ओसियना ओपन पुम्से च्याम्पियन्सिप, बुल्गेरिया ओपन, सन् २०२२ मा चुनचुन कोरिया ओपन, सन् २०२० मा मेक्सिको ओपन, सन् २०१९ मा १३ औँ दक्षिण एसियाली खेलकुद तथा डब्ल्यूटी प्रेसिडेन्ट कप अस्ट्रेलिया र दक्षिण कोरियामा ४५ औँ अन्तर्राष्ट्रिय पुम्से रिफ्रेसर कोर्स २०२२ मा सहभागिता जनाएका थिए ।
दुई वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले अशोकलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकबाट सम्मान गरेको थियो । अशोक ग्योरोगी, पुम्से र पारा तेक्वान्दो गरी तीनै विधाका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु