नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

चोभार ब्लुज सर्वाधिक चर्चामा आएको निकथा संगहको चर्चा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ५ गते, शुक्रबार ०४:५४

काठमाडौं। नेपाली निकथाको धारमा बेग्लै धार तथा नविनता ल्याउन सफल यो बर्षको सर्वाधिक चर्चामा आएको कृति चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा परेको छ। श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको लागि उत्कृष्ट १० कृतिमा चोभार ब्लुज परेको हो।

चोभार ब्लुज निकथाकार साहित्यकार बिक्रम भक्त जोशीको पहिलो कृति हो। साहित्यकार जोशी पेशाले सिभिल इन्जिनियर हुन् भने उनी निवर्तमान बैंकर पनि हुन्। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उनी बालसाहित्यमा पनि दखल राख्दछन्। चोभार ब्लुजु निकथासङ्ग्रह हो। जसमा १९ निकथा समाविष्ट छन् । निकथा भन्नाले नियात्रा र निबन्धको फ्लेभर मिसिएको कथा भन्ने बुझिन्छ। नियात्राका बीच निबन्धात्मक वर्णनलाई कथाको गोलाकार वृत्तमा निहित विधा नैं निकथा हो ।

यो कृति साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार प्रतियोगितामा द्वितीय बनेको थियो। यस कृतिले नारी स्रष्टा समाजद्वारा प्रदान गरिएको २०८० सालको वर्ष पुस्तक सम्मान यसै बर्ष विराटनगरमा आयोजित भव्य कार्यक्रममा प्राप्त गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु