सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

प्रधानमन्त्री प्रचण्डले आज नामको १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ५ गते, शुक्रबार ०८:१२

काठमाडौं, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा आज सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ‘प्रचण्ड’ नामको १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहिबार विहन युगान्डा प्रस्थान गरेका थिए ।

युगान्डाको राजधानी कम्पालामा आज शुक्रबार र भोली शनिबार आयोजना हुने सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई आजै सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड आज युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु