विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

माघ ६ गते शनिबार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ६ गते, शनिबार ०३:०८

२०८० माघ ६ गते | शनिवार २० जनवरी २०२४। पौष शुक्लपक्ष दशमी। – ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु